कांग्रेसबाट उपसभामुखमा मुक्ता यादवले उम्मेदवारी दिने
प्रकाशित मिति : 20 January, 2023 1:08 pm
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ। शुक्रबार बिहान पार्टी सभापति देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्यय गरेको हो ।
कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी यादव समानुपातिक सांसद हुन ।
सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो। रास्वपाले इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सभामुखमा सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।








