उपसभामुखमा रास्वपाकी इन्दिरा रानाले गरिन् उम्मेदवारी दर्ता
प्रकाशित मिति : 20 January, 2023 1:53 pm
काठमाडौं । उपसभामुख पदको लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उम्मेदवारी दर्ता गराएकी छिन् । बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रानाले संसद् भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।








