४ जेष्ठ २०८१, शुक्रबार

साहित्यकार क्षितिज मगरको ‘भेडीकम्बलको प्वाल’ कथा संग्रह लोकार्पण

प्रकाशित मिति :  21 January, 2023 7:28 pm



काठमाडौं । साहित्यकार क्षितिज मगरको ‘भेडीकम्बलको प्वाल’ कथा संग्रह लोकार्पण भएको छ ।

रोल्पाको सुनछहरी गाउँपालिका–७ जेलबाङका स्थायी वासिन्दा मगरको कथा संग्रह काठमाडौंमा एक कार्यक्रमकाबिच शनिबार लकार्पण भएको हो ।

कथा संग्रहमा १८ वटा कथा रहेका छन् । मगरका यसअघि आस्थाका पर्खालहरू(कविता संग्रह), सुनछहरीको ऐनामा(कथासंग्रह),गण्डक अभियान(डायरी) प्रकाशित छन् ।

लोकार्पण कार्यक्रममा बोल्दै साहित्यकार मगरले आफूले भोगेका कुरालाई कथाहरूमा उतारिएको बताए ।
उनले भने,“कथाहरू कल्पनामा आधारित छैनन्, आफ्नै भोगाई छन्, अहिले पनि कताहरूमा लेखिएको कुरा गाउँमा गएर सोध्यो भने ठ्याक्कै मिल्छ ।”

तत्कालीन जनमुक्ति सेनाको ब्रिगेड सह–कमाण्डर रहेका मगरले जनयुद्धलाई आलोचनात्मक ढंगले हेर्नुपर्ने र कथाहरू पनि सोही परिवेश र शान्ति प्रकृयापछिको भोगाईमा आधारित भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक केशव सुवेदीले मगरको लेखाईले आञ्चलिक साहित्यका लागि समेत महत्वपूर्ण हुने कुरा गरे ।

उनले सहित्यकार मगरलको लेखाइ निकै उत्कृष्ट रहेको भन्दै हरेक कथा उत्कृष्ट रहेको उल्लेख गरे ।

प्राध्यापक सुवेदीले जनयुद्धको योद्धा भएर पनि कथामा केही निराशा व्यक्त गरेको भन्दै यो उपयुक्त नभएको बताए ।

उनले भने,“ जनयुद्धलाई विद्रुपिकरण गर्र्नु हुँदैन, कोही व्यक्ति गलत भए होलान् तर समग्रमा यसको मूल मर्म गलत छैन, आज जुन परस्थिति छ त्यसकै देन हो । तपाईं त झन् योद्धा हो । आगामी दिनमा विचार पुराउनुहोला । ”



प्रतिक्रिया दिनुहोस !