१० पुस २०८२, बिहिबार

इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित

प्रकाशित मिति :  21 January, 2023 7:32 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उनकी प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरिन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे ।

गत माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद घिमिरे सभामुखमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !