१० पुस २०८२, बिहिबार

सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार हुन्छ : शर्मा

प्रकाशित मिति :  21 January, 2023 7:37 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरूसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए ।

काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए । शर्माले सरकारमा भएका दलहरूले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गरे ।

उनले भने,“अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ । पार्टीहरूमा छलफल हुन्छ । सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ । छलफलपछि मात्रै को हुन्छ भन्न सकिन्छ । गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फुर्तः छ ।”

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस !