१० पुस २०८२, बिहिबार

कांग्रेसमाथि सांसद सूर्य थापाको व्यङ्ग्य : काशी जाने रसुवागढीको बाटो !

प्रकाशित मिति :  22 January, 2023 8:49 am



काठमाडाैँ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले अझै किन नजर राष्ट्रपतिमा केन्द्रित भएको छ भन्दै नेपाली कांग्रेसमाथि प्रश्न गरेका छन् ।

एक महिनामै नेपाली कांग्रेले निकै ठुलो उचारचढाव व्यहोरेको भन्दै ‘राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र हो र ?’ भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल पेसबुकमा थापाले एक महिनामै काङ्ग्रेसमा देखिएको यतिधेरै उतारचढावले कस्तो तस्बिर देखिएको छ नि ? भनेका छन् ।

थापाले भनेका छन्,“बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले यस्तो चालामाला देखेको भए के भन्नुहुन्थ्यो होला?” कांग्रेसले अहिले पनि राष्ट्रपतिमा नजर लगाईरहेको भन्दै सांसद थापाले व्यङ्ग्य गर्दै भनेका छन्,“काशी जाने रसुवागढीको बाटो !”

थापाले कांग्रेसमाथि आइलागेको उचारचढाबारे यसरी उल्लेख गरेका छन् :

एक महिनामै यति धेरै उतारचढाव ?
१) पुष्पकमल दाहाल प्रचण्ड १६९ मतका साथ पुस १०गते प्रधानमन्त्री नियुक्त हुनुभयो।
२) उहाँले पुस २६ गते २६८ मत प्राप्त गरी विश्वासको मत प्राप्त गर्नुभयो, विपक्षमा २ मत रह्यो ।
३) देवराज घिमिरे १६७ मत प्राप्त गरी माघ ५ गते सभामुखमा विजयी हुनुभयो। उहाँको विपक्षमा १०० मत रह्यो ।
४) इन्दिरा राना १६६ मत प्राप्त गरी माघ ७ गते विजयी हुनुभयो, उहाँको विपक्षमा ९७ मत रह्यो ।

यसरी १, ३ र ४ नम्बरमा प्राप्त मत स्वभाविक छ, २ र ३ मतको अन्तर हुनु सामान्य र स्वभाविक हो। तर नम्बर २ मा थपिएको मतमा कैफियत रहेको स्पष्ट छ र अस्वभाविक पनि भएको छ। त्यसमा इमान हुन्थ्यो भने त्यसपछि सभामुख र उपसभामुखको निर्वाचनमा किन निरन्तर भएन ?

काङ्ग्रेस नेतृत्वको गठबन्धनमा १०० र ९७ मत मात्रै बाँकी रहेको तथ्य पटकपटक स्पष्ट भइसकेका छन्। अब अझै खेल्न खोजेर कहाँ पुग्ने हो र ?

अझै किन नजर राष्ट्रपतिमा केन्द्रित भएको छ ? राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र हो र ? एक महिनामै काङ्ग्रेसमा देखिएको यतिधेरै उतारचढावले कस्तो तस्बिर देखिएको छ नि ? बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले यस्तो चालामाला देखेको भए के भन्नुहुन्थ्यो होला ?

काशी जाने रसुवागढीको बाटो !



प्रतिक्रिया दिनुहोस !