१० पुस २०८२, बिहिबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भयो :शेखर कोइरला

प्रकाशित मिति :  22 January, 2023 12:14 pm


काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर पक्षका शीर्ष नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताएका छन् ।

आइतबार बिहान वत्तिसपुतलीमा बसेको सो समूहको बैठकमा कोइरालाले प्रचण्डलाई विश्वासको मतको पक्ष या विपक्षमा मत नदिई तटस्थ बस्नुपर्नेमा पार्टीले गलत निर्णय गरेको बताएका हुन् । पार्टीले संस्थागत निर्णय गरेका कारण आफूले विश्वासको मत दिएको बताएका थिए ।

‘विश्वासको मत दिएर हामीले गल्ती गयौं,’ शेखरले भने, “मैले त पदाधिकारी, केन्द्रीय कार्यसम्पादन लगायत बैठकमा विश्वासको मतका पक्ष वा विपक्षमा नलागौं, तटस्थ बसौं भनेको थिएँ, तर सुनुवाइ भएन ।’’

कोइराला पक्षको भेलामा उपस्थित अधिकांश नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको अहिलेको सरकारलाई गत पुस २६ गते किन कांग्रेसका सांसदले विश्वासको मत दिए भन्ने विषयमा पनि कुरा उठेको थियो ।



प्रतिक्रिया दिनुहोस !