गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय राखिने निर्णय (सूचिसहित)
प्रकाशित मिति : 23 January, 2023 1:08 pm
पोखरा । गण्डकी प्रदेशले आर्थिक भार कटौती गर्न अब ७ वटा मन्त्रालय मात्रै राख्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ७ वटा मन्त्रालय रहने गरी ती मन्त्रालयको कार्यक्षेत्रको टुंगो लगाएको हो ।
मन्त्रालयको संख्या घटाउने एजेन्डामा छलफल गर्न मुख्यमन्त्री निवासमा आज बिहान सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले टुंग्याएको विषयलाई मन्त्रिपरिषदबाट पारित गरिएको हो ।
संविधानले प्रदेश सभा सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । ६० सदस्यीय प्रदेश सभा रहेकोमा गण्डकीमा १२ जना मन्त्री बनाउन मिल्छ ।
यसअघि गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सुरुमा ७ र पछि ८ मन्त्री बनाएका थिए भने त्यसपछि नेतृत्व गरेका नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली सरकारमा १२ मन्त्री रहेका थिए।









