२० मंसिर २०८२, शनिबार

स्पट फिक्सिङको आरोप लागेका दुई खेलाडी आलम र आदिल पक्राउ

प्रकाशित मिति :  23 January, 2023 2:19 pm


काठमाडौं । गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।

नेपाल टी(२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् । प्रहरीले आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरेको जनाएको छ । उनिहरुलाई आजै जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

पूर्वअलराउण्डर मेहबुब आलमको नाममा एकै खेलमा १० विकेटको कीर्तिमानसमेत छ । आदिल भने राष्ट्रिय टीमका उदीयमान अलराउण्डर हुन् ।



प्रतिक्रिया दिनुहोस !