झापाको चिया बगानमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला
प्रकाशित मिति : 24 January, 2023 10:30 am
काठमाडौं । झापामा एक जना युवा र एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू रुखमा पासो लगाएर मृत अवस्थामा भेटिएका हुन ।
स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशी झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाले जानकारी दिएको छ ।
अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।








