पहिलो एओजी नाइट राइड सम्पन्न
प्रकाशित मिति : 24 January, 2023 11:10 am
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार काठमाडौँदेखि चित्लाङसम्म आयोजना गरेको अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ ।
३० जना राइडरहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कम्पनीले चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामग्री वितरण गरेको थियो ।
टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालीन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको देशभर १४० भन्दा बढी डिलरहर रहेका छन् ।








