राष्ट्रिय सभा उपनिर्वाचनका लागि लुम्बिनीमा कांग्रेसबाट तीन जनाको नाम सिफारिस
प्रकाशित मिति : 24 January, 2023 11:56 am
काठमाडौं । राष्ट्रिय सभाका लागि लुम्बिनीमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले तीन जनाको नाम सिफारिस गरेको छ ।
सिफारिसमा पर्नेमा दाङका वीर केशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौर रहेका छन् । गौतम र आचार्य कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । सिफारिस भएका तीन जनामध्ये १ जना उम्मेदवार बन्ने छन् ।
माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका छ ।
तीन जनामध्ये पार्टीमा गरेको योगदान, क्रियाशीलता र वरिष्ठताको आधारमा केन्द्रले एकजनालाई उम्मेदवार बनाउँने लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए ।
नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजिनामा दिएका थिए । भट्टराईले राजिनामा दिएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।








