४ बैशाख २०८१, मंगलबार

टेकु अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न जरुरी छः राज्यमन्त्री कार्की

प्रकाशित मिति :  24 January, 2023 1:24 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा।तोषिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन्।

उनले हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवारोग सम्बन्धी अस्पतालहरूको सेवा विस्तार हुन आवश्यक रहेको बताएकी छन् ।

उनले भनिन्, “अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अब गाउँ गाउँमा, पालिका, पालिकामा, नगरपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरू हुन जरुरी छ । हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेण्डा बोकेर अघि आएका छौँ ।’’

राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरूले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !