बाजुरामा ५।९ म्याग्निच्युडको भूकम्प
प्रकाशित मिति : 24 January, 2023 3:37 pm

काठमाडौँ । मंगलबार दिउँसो बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। त्यस्तै भुकम्पकाे धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको थियो ।