१६ माघ २०७९, सोमबार

संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको निधन

प्रकाशित मिति :  25 January, 2023 8:46 am


काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । आत्मदाहको प्रयास गरेका उनको शरीर ८० प्रतिशत जलेको थियो ।

इलाम घर भएका आचार्यले हिजो संसद भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए । उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुर अस्पताल पुर्‍याएको थियो ।आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

आत्मदाह गर्नु अगाडि उनले सामाजिक संजाल फेसबुकमा आफू युवा उद्यमी रहेको र देशमा केही गर्छु भन्दा युवाहरूलाई काम गर्न सक्ने वातावरण सरकारले नदिएको गुनासो गर्दै आफूले आत्महत्या गर्न बााध्य भएको उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !