१६ माघ २०७९, सोमबार

आत्मदाहका घटना बढेपछि बोतल र जर्किनमा पेट्रोल बेच्न रोक

प्रकाशित मिति :  25 January, 2023 10:17 am


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ ।

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो ।

आगलागी, मानवीय र भौतिक क्षतिका घटना बढ्न थालेको भन्दै बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री नगर्न अपिल गरेको छ । बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

मंगलबार दिउँसो संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको प्रयासपछि मृत्यु भएकाले यस्ता घटना बढ्ने भन्दै बिक्री नगर्न अपिल गरेको हो ।

गत मंसिरमा पनि बुद्धनगरकी पुष्पा न्यौपानेले प्रेमीले विवाह गर्न अस्वीकार गरेको भन्दै आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !