१६ माघ २०७९, सोमबार

हेलिकप्टर पाइलटलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

प्रकाशित मिति :  25 January, 2023 10:50 am


काठमाडौँ । प्रभु हेलिकप्टरका पाइलट रानेश डङ्गोललाई अभद्र व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको वालिङ नगरपालिका मालेबगर खेलमैदानमा फुटबल खेल भैरहेको बेलामा खेलमैदानमै हेलिकप्टर अवतरण गर्न बाध्य पार्ने यात्रुहरू विनोद गैह्रे, उज्ज्वल थापा, सुशील गिरी , खिमबहादुर राना र अवतरण भैसकेपछि कुटपिट गर्ने आयोजक पक्षका यामबहादुर गुरूङ र सुरेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

माघ ५ गते बिहीवार दिउंँसो करिब २।३० बजेको समयमा वालिङ नगरपालिका वडा नम्बर ८ स्थित मालेबगर खेल मैदानमा फुटवल खेल भइरहेको अवस्थमा प्रभु एयरको हेलिकप्टरका ५० वर्षीय पाइलट रानेश डंगोलले खेलमैदानमै हेलिकप्टर ल्यान्ड गरेका थिए।

पोखराबाट वालिङमा उडान गरी अवतरण गर्ने क्रममा उक्त हेलिकप्टरमा सवार रहेका यात्रुहरू बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिमबहादुर रानाले चालकलाई जबरजस्ती उक्त खेल चलिरहेको अवस्थामा खेल मैदानमा नै हेलिकप्टर ल्याण्ड गर्न लगाएका थिए।

हेलिकप्टर ल्याण्ड भएपश्चात आयोजक पक्ष तर्फका याम बहादुर गुरूङ र सुरेश श्रेष्ठले पाइलट रानेश डंगोललाई कुटपिट गरी अभद्र व्यवहार गरेका थिए। उक्त घटनामा संलग्न ६ जना व्यक्तिहरूलाई ९ गते सोमबार पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्धामा १० गते मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !