राष्ट्रिय सभाका लागि लुम्बिनीमा हुने उपनिर्वाचनमा एमालेबाट रोल्पाका दसौदीको उम्मेदवारी
प्रकाशित मिति : 25 January, 2023 2:44 pm
काठमाडौँ । राष्ट्रिय सभाका लागि लुम्बिनीमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट रोल्पाका कुमार दसौदीले उम्मेदवारी दर्ता गराएका छन् ।
दसौदीले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
भट्टराईले राजीनामा दिएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।








