८ बैशाख २०८१, शनिबार

पाल्पामा टिपर दुर्घटना हुदाँ एकको मृत्यु

प्रकाशित मिति :  26 January, 2023 11:21 am


पाल्पा । सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक स्याङ्जा, गल्याङ नगरपालिका वडा नम्बर १ राम्दी बस्ने २२ वर्षीय सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बुधबार राति पाल्पाको तिनाउ गाउँपालिका ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट १२ सय मिटर तल खसेको थियो ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !