१४ बैशाख २०८१, शुक्रबार

नेपाल लाइभस्टकको आयोजनामा पशु प्रजनन् विकृति निवारणका लागि तालिम संचालन

प्रकाशित मिति :  26 January, 2023 6:03 pm


काठमाडौँ । नेपाल लाइभस्टक सेक्टर इनोभेसनको आयोजनामा गाई र भैँसीमा गर्भ परीक्षण तथा पशु प्रजनन् विकृति निवारणका लागि तालिम संचालन भएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसनको आयोजना, हरिहरभवन ललितपुरको सहयोग र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको प्राविधिक सहयोगमा दुईवटा स्लट राखेर माघ ९ गते देखि १४ गतेसम्म उक्त तालिम संचालन भएको हो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट ३७ वटा अत्याधुनिक प्रविधि युक्त कृषकको गोठसम्म पुगेर पशु चिकित्सकहरूले गाई भैँसीको गर्भ परीक्षण तथा पशु प्रजनन् विकृति निवारण बाँझोपन निवारण लगायतका विषयमा जानकारी गराउने हेतुले तालिम संचालन गरिएको हो ।

उद्धघाटन कार्यक्रममा बोल्दै उपकूलपति डा. पुण्य प्रसाद रेग्मीले नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय प्रादेशिक कृषि मन्त्रालय र विश्वविद्यालयहरूबिच सहकार्य र समन्वय गर्न सके मात्र प्रविधि हस्तान्तरण प्रभावकारी र सहज हुने तथा कृषकहरूलाई सम्बन्धित निकायहरूबाट आधुनिक र विश्वसनिय सेवा पुर्याउन सकिने बताएका थिए ।

विकसित राष्ट्रहरुमा पशुहरुमा अल्ट्रासाउण्ड मेशिनको प्रयोग केही दशक अघि भइसकेको र उक्त प्रविधि नेपालका कृषकहरुमाझ पुर्याउन आवश्यक देखिएकाले अल्ट्रासाउण्ड मेशिन वितरण कार्यक्रम तथा सो मेशिन संचालन सम्बन्धमा तालिम राखेको आयोजनाका वरिष्ठ अनुगमन तथा मुल्याङ्कन अधिकृत डा. प्रवेश शर्माले बताए ।

दुई स्लटमा संचालन भएको उक्त तालिममा ६० जना विभिन्न निकायहरुमा कार्यरत पशु चिकित्सकहरुको सहभागिता रहेको छ। उद्धघाटनमा कृषि तथा पशु विज्ञान विश्वविद्यालयका उप कुलपती डा पुण्य प्रसाद रेग्मी, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डिन होम बहादुर वस्नेत, लगायत कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको उपस्थितिमा रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !