१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

प्रकाशित मिति :  27 January, 2023 8:49 am


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।

यसअघि बुधवार सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दै राखेर शुक्रबारका लागि पेसी तोकेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता नत्यागी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोप छ।

उनले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि प्रकिया नगरी पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा दफा २२ बमोजिम दुई लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !