१३ बैशाख २०८१, बिहिबार

शिक्षामन्त्रीको राजिनामा माग्दै अनेरास्ववियूले जलायो पुत्ला

प्रकाशित मिति :  27 January, 2023 11:02 am


काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला जलाएको हो ।

शिक्षा मन्त्रालयले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णयको विरुद्धमा अनेरास्ववियुले पुल्ता जलाएको जनाएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप छ। जनक शिक्षा सामाग्री केन्द्रलाई डुवाएर निजीलाई दिने निर्णय गरेको विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियुको भनाई छ। आन्दोलित विद्यार्थीहरुले शिक्षामन्त्री खनालको राजिनामा समेत मागेका छन् ।



प्रतिक्रिया दिनुहोस !