१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाई सकियो

प्रकाशित मिति :  27 January, 2023 1:37 pm


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ ।

संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए ।

त्यस्तै रिट निवेदकहरु सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ ।

बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने तयारीमा न्यायधीशहरु रहेको स्रोतले जनाएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यसअघि बुधबार पनि पक्ष र विपक्षमा बहस भएको थियो भने सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानमन्त्रीको भूमिकासहित गृहमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !