६ चैत्र २०८०, मंगलबार

रविले भने,‘कसलाई प्रश्न सोध्नु भएको ? यतिखेर म अनागरिक छु’

प्रकाशित मिति :  27 January, 2023 7:08 pm


काठमाडौं । रवि लामिछानेले आफूले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने बताएका छन् ।

सर्वोच्च अदालतले नागरिकताका विषयमा फैसला गरेपछि गृह मन्त्रालयबाट बाहिरिदै गर्दा पत्रकारले सोधेको जवाफमा उनले भने,“ यतिखेर म अनागरिक छु, तपाईंहरू अनागरिकलाई प्रश्न सोधिरहनुभएको छ ।”

उनले अदालतको फैसलालाई स्वागत गर्ने र स्वीकार गर्ने बताए । उनले आफू एउटा परिचय नभएको अनागरिक भएको बताए ।

उनले भने,“ अनागरिकले के गर्छ, मैले बुझेकै छैन । ”

सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।

यससँगै रविको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद गएको छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सदस्यता समेत गएको छ ।



प्रतिक्रिया दिनुहोस !