बसको ठक्करबाट स्याङ्जामा एक वृद्धको मृत्यु
प्रकाशित मिति : 27 January, 2023 9:00 pm

काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ करेन्डाडास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट एक वृद्ध पुरुषको मृत्यु भएको छ ।
बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ७० वर्षीय याम बहादुर जिटिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले स्याङ्जाले जनाएको छ ।
उक्त बस र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।