१५ चैत्र २०८०, बिहिबार

नेविसंघ रोल्पाको अध्यक्षमा जिसी,तीन महिनाभित्र जिल्ला अधिवेशन गर्ने जिम्मेवारी

प्रकाशित मिति :  28 January, 2023 10:10 am



रोल्पा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले रोल्पाको जिम्मेवार दिएका हुन् ।

आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउने र निर्धारित समयमा नै संघको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ जीसीलाई जिम्मेवारी दिइएको उल्लेख छ ।

वि.स २०७१ बाट नेविसंघमा आबद्ध हुँदै विभिन्न मावि तथा क्याम्पसको नेतृत्व गर्दै विद्यार्थी राजनीतिमा प्रवेश गरेका जिसीले नेविसंघ रोल्पाको नेतृत्व पाएका हुन् ।

जिसीलाई तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !