१० पुस २०८२, बिहिबार

धनकुटा महोत्सवको भीडमा च्यापिएर २५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

प्रकाशित मिति :  29 January, 2023 8:11 am


काठमाडौं । धनकुटा महोत्सवमा प्रमोद खरेलको कन्सर्ट हेर्न आएकाहरुको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको छ ।

उपचारका लागि लगिएका १५ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जानएको छ । घाइते भएकाहरुलाई पठाउने एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरेर उपचाका लागि अस्पताल लगिएको थियो ।

उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ ६ गतेदेखि महोत्सव सुरु भएको थियो । क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो ।



प्रतिक्रिया दिनुहोस !