२४ मंसिर २०८२, बुधबार

नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौँ पुगे रवि

प्रकाशित मिति :  29 January, 2023 11:56 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका छन् । आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन्।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।



प्रतिक्रिया दिनुहोस !