पोखरामा पेट्रोल छर्केर आत्मदाहको प्रयास, घाइतेको उपचार हुँदै
पोखरा । केही दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना भएको छ । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
अहिले उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर सुवास तिमिल्सिनाले जानकारी दिए । काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेका असपाताल पु¥याएका हुन् ।
‘दुवैले शरिरमा आगो लागिरहेको बेला छिमेकिहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कृष्णबहादुर क्षेत्री बाथरुप भित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको एक स्थानीयले बताए ।