१६ चैत्र २०८०, शुक्रबार

रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

प्रकाशित मिति :  29 January, 2023 2:34 pm


काठमाडौं । रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले जानकारी दिए ।

लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख गरेर नयाँ नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जानकारी दिइन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको विपक्षमा फैसला सुनाएको थियो ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेको ३१ दिनमै राजीनामा दिनु परेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस !