१४ बैशाख २०८१, शुक्रबार

रवि फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रकाशित मिति :  29 January, 2023 5:43 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापति दिएको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै उनकाे सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !