१४ बैशाख २०८१, शुक्रबार

आज सहिद दिवस, सहिदका सम्झनामा विविध कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  30 January, 2023 8:05 am


काठमाडौं । आज माघ १६ गते सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी मनाइदैँ छ । प्रजातन्त्र स्थापना तथा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइदै छ ।

प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने गरिन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

प्रजातन्त्र र स्वतन्त्रता लागि आवाज उठाउदाँ राणाहरुले यी चार जना सहिदलाई मत्युदण्ड दिएका थिए । विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए।

माघ १६ गते सोमबार सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएने जनाइएको छ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस !