२९ बैशाख २०८१, शनिबार

यस्तो छ आज हरियो तरकारी तथा फलफुलको मूल्य

प्रकाशित मिति :  30 January, 2023 10:11 am


काठमाडौं । सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती ११० रुपैयाँ, किवि र अकबरे खुर्सानी ३०० रुपैयाँ कायम रहेको छ ।

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम तोकेको मूल्य हो । त्यस्तै, सोमबार लोकल गाजरको औसत मूल्य प्रतिकेजी १८ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल सानो गोलभेडा १० रुपैयाँ , राजमा घिउ सिमी ७० रुपैयाँ, चम्सूरको साग ८० रुपैयाँ रहेकाे छ ।

त्यस्तै कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० र हरियो धनिया ८० रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !