१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने आयोगको निर्णय

प्रकाशित मिति :  30 January, 2023 3:29 pm


काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोकेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिँदै छ भने उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल ४ चैत २०७९ मा सकिँदै छ।



प्रतिक्रिया दिनुहोस !