१६ चैत्र २०८०, शुक्रबार

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का भम्रणमा जाँदै

प्रकाशित मिति :  31 January, 2023 8:06 am


काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का भ्रमणमा जाने कार्यक्रम तय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन् । परराष्ट्रपन्त्री बनेपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो ।

मंगलबारदेखि आयोजना हुने ७५ औं स्वतन्त्रता बर्षगाठको कार्यक्रममा श्रीलंकाका राष्ट्रपति रनिलले विभिन्न मुलुकका परराष्ट्रमन्त्रीहरु तथा उच्च पदस्थ अधिकारीहरुका लागि निमन्त्रणा गरेका थिए । भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !