१४ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझायो ज्ञापनपत्र

प्रकाशित मिति :  31 January, 2023 10:32 am


काठमाडौं । एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको अर्थतन्त्रमा सुधार ल्याउनका र आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले देशको अर्थतन्त्र सुधार ल्याउन र आर्थिक संकटका लागि कदम चाल्न आग्रह गरेको छ । आर्थिक संकटले जनतालाई बाँच्न धौधौ भइरहेका कारण दिनहु आत्महत्या जस्ता घटना बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै कक्षा ८ देखि १२ कक्षासम्मका पाठ्यक्रममा सीपमुलक एक विषय अनिवार्य गर्नुपर्ने, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन वृद्धिमा जोड, वैदेशिक लगानीमा भित्राउन सहज व्यवस्था, बैकं तथा वित्तिय संस्थाको ब्याजदर सुधार लगाएत २० बुदाँसहित ज्ञापनपत्र वुझाएको छ ।

यस्ता छन् सुझाव



प्रतिक्रिया दिनुहोस !