८ बैशाख २०८१, शनिबार

पाल्पामा चितुवाको छालासहित एक प्रकाउ

प्रकाशित मिति :  31 January, 2023 10:56 am


काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाबाट चितुवाको छालासहित एक पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २ दिग बस्ने ३८ वर्षीय सोमान सिंह खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरीले खत्रीको घर खानतलासी गर्दा चितुवाको मुखदेखि पुच्छरसम्मको लम्बाई ६ फिट २ ईन्ज, छातीको भागको चौडाई ३ फिट भएको छाला निजको कोठाबाट बरामद गरेको हो ।

प्रहरीले बाघको छाला थप अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय हार्थोकमा बुझाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !