१३ बैशाख २०८१, बिहिबार

अर्घाखाँचीमा करेन्ट लागेर युवकको मृत्यु

प्रकाशित मिति :  31 January, 2023 11:43 am


काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !