यस्तो छ आज हरियो तरकारी तथा फलफुलको मूल्य
काठमाडौं । आज बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अङ्गुर १५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ रहेकाे छ ।
त्यस्तै अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २९ रुपैयाँ, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, किवी ३०० रुपैयाँ र अकबरे खुर्सानी २०० रुपैयाँ कायम रहेको छ ।
समितिका अनुसार लोकल गाजरको औसत मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल सानो गोलभेँडा १० रुपैयाँ , राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० रुपैयाँ, पुदिना ४०० रुपैयाँ र हरियो धनियाँ ७० रुपैयाँ रहेको छ ।








