१० पुस २०८२, बिहिबार

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  1 February, 2023 10:05 am


काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि प्रतिनिधिसभा सदस्यकाे एक स्थान रिक्त रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !