शालिनदी मेलामा ८४ लाख बढी रुपैयाँ भेटी सङ्कलन
प्रकाशित मिति : 1 February, 2023 12:17 pm
काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको श्री स्वस्थानी (माधवनारायण मेला)मा ८४ लाख बढी भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको उक्त श्री
स्वस्थानी मेलाको २६ औं दिनसम्म ८४ लाख ७७ हजार रुपैयाँ भेटी संकल भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।
गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै उक्त समितिले त्यहाँ आसपासमा सञ्चालन गरिएका पसलबाट पनि भाडा उठाउँदै आएको छ । भक्तजनबाट सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए । माघ २२ गतेसम्म चल्ने उक्त मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भर्ने विश्वास समितिले लिएको छ ।








