लागू औषध मुद्दामा फरार अभियुक्त ५ बर्षपछि पिक्राउ
प्रकाशित मिति : 2 February, 2023 9:30 am
अनिल नेपाली
अर्घाखाची । अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त व्यक्ति ५ बर्षपछि पक्राउ परेका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेशीका २९ बर्षीय मनोज केसीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मंगलबार पक्राउ गरेको हो ।
जिसिलाइ गोप्य सूचनाको आधारमा सन्धिखर्कस्थित एक होटलबाट पक्राउ गरिएको हो । जिसिलाइ पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
२०७४ चैत ६ गते जिल्ला अदालत अर्घाखाँचीले लागू औषध मुद्दामा दोषी ठहर गरी २ महिना कैद र दुई हजार जरिवाना तोकिएकोमा उनी फरार थिए ।








