६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति :  2 February, 2023 9:46 am


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

आजको बैठकमा केन्द्रीय विभागहरूको गठन तथा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी रहेकाे छ ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !