२ माघ २०८२, शुक्रबार

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

प्रकाशित मिति :  2 February, 2023 10:58 am


काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको गौरीशंकर नगरपालिका ५ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देवबहादुर श्रेष्ठ र दोलखा घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहार सम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत ठिमी भक्तपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !