१५ चैत्र २०८०, बिहिबार

मेरो मौनता आजसम्ममात्रै हो, म अभिमन्यु होइन: लामिछाने

प्रकाशित मिति :  2 February, 2023 1:43 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् । लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको आलोचकलाई बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ ।



प्रतिक्रिया दिनुहोस !