११ बैशाख २०८१, मंगलबार

रास्वपाले बोलायो केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक

प्रकाशित मिति :  2 February, 2023 2:37 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति र पार्टी संसदीय दलको बैठक बोलाएको छ । पार्टीले बिहीबार अपरान्ह साढे ४ बजे संयुक्त बैठक बोलाएको केन्द्रिय सदस्य दीपक बोहोराले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो ।

नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् ।

सभापति लामिछानेले आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहेको स्रोतले जनाएको छ।
तर यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने राहदानी सम्बन्धी अझै केही विवाद रहेको साथै सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ नआएको भन्दै तत्काल गृहमन्त्रालय दिन नसक्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !