१३ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

प्रकाशित मिति :  3 February, 2023 8:41 am


काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यलय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

आजको बैठकमा पछिल्लो राजनितिक घटनाक्रम, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन लगाएतका विषयमा छलफल हुनेछ ।

यसअघि बुधवार र बिहिबारका लागि तय भएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता देखाउदै सारिएको थियो ।



प्रतिक्रिया दिनुहोस !