सांसद अरूण चौधरीलाई अदालत पेस
प्रकाशित मिति : 3 February, 2023 11:09 am
काठमाडौं। नागरिक उन्मुक्तिका सचेतक तथा प्रतिनिधीसभा सदस्य अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस गरिएको छ।
फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए । सुरक्षाको थ्रेट रहेको भन्दै उनीलाई विमानमा नेपालगंजबाट काठमाडौं लगी काठमाडौंबाट धनगढी पुर्याइएको थियो ।
नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान नगरेका चौधरीलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट जितेर उनी सांसद बनेका थिए ।
२०६५ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।








