१० पुस २०८२, बिहिबार

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन दर्ता आज

प्रकाशित मिति :  5 February, 2023 7:46 am


काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार अपराह्न दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि उक्त पद अहिलेसम्म रिक्त छ ।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि सत्ता पक्षले आजै उम्मेदवार चयन गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार दिने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !