रहेनन् नेपालका पहिलो गभर्नर जबरा
प्रकाशित मिति : 5 February, 2023 8:26 am
काठमाडौँ। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा मृत्यु भएको छ।
आइतबार बिहान ६ बजेर ३० मिटेनमा नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हिमालयन बैंक लिमिटेडकासमेत संस्थापक रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।








